नेपाल एयरलाइन्सद्वारा भारतका सबै शहरमा गरिने उडान स्थगन
नेपालखोज
२०७६ चैत ८ गते ११:०३
काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ ।
अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चभोली आइतबारदेखि लागू हुने गरी स्थगित गरेको जनाएको छ ।
यसअघि भारतले मार्च २२ तारीख् अर्थात् चैत्र ९ गतेबाट सबै अन्तर्रा्ष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।
सम्बन्धित
प्रतिक्रिया