शनिबार, फागुन ३, २०८१

भारतबाट नेपालीहरु धमाधम स्वदेश फर्किँदै

नेपालखोज २०७६ चैत ८ गते ११:१७

काठमाडौं । कोभिड–१९ को त्रासका कारण रोजगारीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका नागरिकहरु धमाधम घर फर्कन थालेका छन् ।

Advertisement

भारतले कोरोना भाइरस रोकथामका लागि नागरिक कफ्र्युको घोषणा गरेपछि मजदूरीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेका हुन् ।

सीमानाकामा निकै भीड रहेकाले सवारीसाधनलाई सीमानाका प्रवेश गर्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउजुभयो । आज बिहान मात्रै झण्डै तीन हजार बढी यात्रु एकै पटक भारतबाट नेपाल फर्केको बताइएको छ ।

विगत तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको निकै चाप बढेपछि सीमानाकामा राखिएको हेल्थ डेस्कमा समेत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया