बिहीबार, माघ २४, २०८१

काठमाडौंबाट यात्रु ओसार्न व्यवसायीले २०० गाडी थप्ने

नेपालखोज २०७६ चैत ८ गते १२:००

काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासले काठमाडौं छाड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले शनिबार आज २ सय गाडी थप्ने तयारी थालेका छन् ।

Advertisement

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप थेग्न मुश्किल भएकाले बस थप्न लागिएको बताउनु भयो ।

सरकारले १० गतेदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको हो ।

आवश्यक परे सरकारी गाडीहरु समेत यात्रु ओसार्नका लागि संचालन गर्ने बारे छलफल भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनु भयो ।

कोरोना संक्रमणको त्रासले सरकारले अत्यावश्यक बाहेकका सेवा दुई हप्ता बन्द गर्ने घोषणा गरेसँगै दशैंकै झल्को दिनेगरी यात्रुहरु काठमाडौंबाट बाहिरिरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ८ सय ८२ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । आज र भोली यो संख्या थप बढ्ने यातायात व्यवसायीको अनुमान छ ।

प्रतिक्रिया