बिहीबार, चैत १५, २०८०

मेटलाइफले २०औं वार्षिकोत्सव मनाउने

नेपालखोज २०७८ मंसिर २० गते १५:०२

काठमाडौ । विश्वकै अग्रणी बीमा कम्पनीहरुमध्ये एक मेटलाइफले यो साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको सुरुवात, प्रतिभा विकासमा टेवा र धेरै मानिसहरुलाई लघु बीमामार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘संसार परिवर्तिनशील छ र निरन्तर परिवर्तन भइरहन्छ । नेपालमा बसोवास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धता रहेकोे छ ।

श्रेष्ठले नपालमा मेटलाइफको २०औँ वार्षिकोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् । कम्पनीलाई ग्राहकहरुप्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, कर्मचारी, एजेन्टहरु, र व्यापार साझेदारहरुलाई पनि श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् ।

मेटलाइफले देशको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकमा अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर गरिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले बताए ।

विगत २० वर्षमा मेटलाइफ नेपालले २५० करोड रुपैयाँभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४० हजारभन्दा बढी पेशाको सिर्जना, २ हजार करोडको जीवन बीमा कोष र २७४ करोडको जगेडा कोषको स्थापना गरि वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ

प्रतिक्रिया