सोमबार, फागुन ५, २०८१

कोरोना फैलिन नदिन कुवेतमा कर्फ्यु आदेश जारी

नेपालखोज २०७६ चैत ९ गते ७:११

काठमाडौं । विश्वका १ सय ८८ देश तथा भूभागमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोविड(१९)को संक्रमण नियन्त्रणका लागि कुवेतमा कर्फ्यु आदेश जारी भएको छ ।

Advertisement

कुवेतमा हालसम्म १ सय ७६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्थानीय समयअनुसार कर्फ्यु समय बेलुकी ५ बजेदेखि बिहान ४ बजेसम्म हुने कुवेत सरकारले जानकारी दिएको छ । कुवेतमा ७० हजार नेपाली छन् ।

कर्फ्यु उलंघन गर्नेलाई ३ वर्ष कैद र १० हजार कुवेती दिनार (साढे ३८ लाख रुपैयाँ) जरिवाना गरिने कुवेत सरकारले चेतावनी दिएको छ ।

प्रतिक्रिया