महिलामाथि जवरजस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ
नेपालखोज
२०७६ चैत ९ गते ७:२९
बाजुरा । बाजुरा एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमो वडा सदस्यलार्य प्रहरीले पक्राउ गरेको छ ।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ ।
३७ वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।
प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया