गृह मन्त्रालयले भन्यो- अनिवार्य सेल्फ क्वारेन्टाइनको व्यवस्था मिलाउ
नेपालखोज
२०७६ चैत ९ गते १७:१५
काठमाडौँ । गृह मन्त्रालयले भारतीय सीमाबाट भित्रने सबै नेपालीलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै भारतीय सीमाबाट भित्रने सबै नेपालीलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार नेपाल प्रवेश गर्ने व्यक्तिको यात्रा निगरानी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको छ ।
अब भारतसँगै अन्य मुलुकबाट आउने नागरिकमाथि पनि निगरानी हुनेछ । सोही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे—नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई सोही अनुसार अनुगमन गर्न पनि गृहले आज निर्देशन दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया