मंगलबार, वैशाख ११, २०८१

कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

नेपालखोज २०७८ वैशाख २४ गते १:००

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही बैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने उनले जनाइन् ।

प्रतिक्रिया