शुक्रबार, जेठ ११, २०८१

‘लक डाउन’मा सर्वसाधारणको समर्थन

नेपालखोज २०७६ चैत १२ गते ६:३५

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को थप संक्रमण रोक्न सरकारले घोषणा गरेको साताव्यापी ‘लक डाउन’को पहिलो दिन सर्वसाधारणको उल्लेखनीय समर्थन देखिएको छ ।

काठमाडौं उपत्यकासहित देशभरि नै लक डाउनमा सर्वसाधारणले घरमा नै बसेर कोरोना भाइरस संक्रमण रोक्ने सरकारको प्रयासलाई साथ दिएका छन् । उपत्यकाका सडक बिहानैदेखि खाली रहे भने उद्योग, कलकारखाना, पसल सबै बन्द रहेका थिए । ‘लक डाउन’लाई व्यवस्थित बनाउन सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सवारी साधन नियन्त्रणका लागि ट्राफिक प्रहरी परिचालन गरेको थियो । सडकका विभिन्न स्थानमा प्रहरीले डिभाइडर राखेर कडा चेक जाँचको काम गरेको थियो । सरकारले सबै नागरिकलाई घरभित्रै रहन तथा सवारी साधन नचलाउन निर्देशन गरेको छ । सरकारको निर्देशनलाई सर्वसाधारणले साथ दिँदै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सहयोग गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया