मंगलबार, वैशाख १६, २०८२

तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा

नेपालखोज २०७६ चैत १२ गते ८:२८

काठमाडौं । नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ । अघिल्लो महिना (फे्रबअरी) मा २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो ।

अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो ।

निगमका अनुसार विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणले उपभोक्तामा भएको त्रासका कारण एलपी ग्यासको माग बढेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया