२०७६ चैत्र २० , बिहिवार English


२ सय ७७ जना भारतीयको उद्धार

२०७६ चैत्र १२ , बुधवार प्रकाशित





india




काठमाडौँ । कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ । महान एयरको बिमानबाट उद्धार गरिएका उनीहरु बुधबार बिहान नयाँदिल्ली विमानस्थलमा उत्रिएका थिए ।

उद्धार गरिएका सबै यात्रुलाई लगत्तै एयर इन्डियाका दुई वटा विमानबाट क्वारेन्टाइनमा राख्न जयपुर पठाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । उद्धार गरिएकाहरुमा १२८ जना पुरुष र १४९ जना महिला छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार खाडी राष्ट्र इरानमा २५ हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने एक हजार ९३४ जनाको मृत्यु भइसकेको छ ।

महान एयरले इरानमा अलपत्र परेका भारतीय नागरिकलाई मानवीय दृष्टिकोणबाट निःशुल्क सुरक्षित रुपमा उद्धार गर्ने घोषणा गरेको   थियो ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer

X