सोमबार, माघ २८, २०८१

प्रदेशसभासद्को पहलमा पिपिई प्युठानमा

नेपालखोज २०७६ चैत १३ गते ८:५८

प्युठान । प्रदेशसभासद् कृष्णध्वज खड्काको पहलमा प्युठानमा कोरोना भाइरसको उपचार गर्ने चिकित्सकले लगाउने पोशाकलगायत(पिपिई) केही सामग्री उपलब्ध भएको छ । खड्काका स्वकीय सचिव भविलाल श्रेष्ठले केही थान पोशाक, जुत्ता, स्यानिटाइजर, सर्जिकल ग्लोभ्स आदि उपलब्ध गराइएको जानकारी दिए ।

Advertisement

यस्तै प्युठान नगरपालिका वडा नं ८ र धर्मावती स्वास्थ्यचौकी तथा अस्थायी प्रहरी चौकी बाग्दुलाको पहलमा कोरोना भाइरस रोकथामका लागि जनचेतनामूलक माइकिङसँगै ६ सय थान मास्क वडाध्यक्ष लिलापसिंह केसीको पहलमा वितरण गरिएको छ ।

प्रतिक्रिया