शुक्रबार, असोज ४, २०८१

मतदान केन्द्रमा उत्साहजनक सहभागिता, बजार तथा सडक सुनसान (तस्बिरसहित)

केशव भट्टराई/पार्वती भण्डारी २०७९ वैशाख ३० गते १२:५०

काठमाडौं । स्थानीय तहको निर्वाचनमा आज (शुक्रबार) बिहान ८ बजेदेखि मतदान जारी छ । देशैभरका मतदाताहरू आफ्नो मतदान केन्द्रमा गएर भोट हालिरहेका छन् । देशभरका बजार, पसल, सडक, बसपार्क शून्य देखिए पनि मतदान केन्द्र भने मतदाताले भरिभराउ छन् । मतदाताहरू उत्साहपूर्ण रूपले मतदान गरिरहेका छन् ।

देशका विभिन्न गाउँ तथा सडकमा गाडी नचले पनि भोट दिन चाहनेको लहर छ । देशका विभिन्न गाउँ तथा सडकमा गाडी नचले पनि भोट दिन जानेको लहर छ । विभिन्न पार्टीका शीर्ष नेताले पनि आफ्नो नामावली भएको मतदान केन्द्रमा गएर मत दिएका छन् ।

मतदानको दिन आज (शुक्रबार) बिहानैदेखि राजधानी काठमाडौं उपत्यकाका सडक सुनसान छन् । बजार तथा सडक सुनसान पनि सुनसान छन् । सरकारले मतदान गर्ने दिन अत्यावश्यक सेवाका बाहेक सवारी साधन चलाउन रोक लगाएर पनि काठमाडौंलगायत देशैभरका सडक सुनसान देखिएका हुन् ।

एम्बुलेन्स, प्रहरीकोगाडी,सञ्चारमाध्यम लगायत र पूर्वस्वीकृति लिएका सवारीलाइ भने सञ्चालन गर्न दिइएको छ ।
प्रहरीले ठाउँठाउँमा सवारी चेकजाँच गरिरहेको छ । चेकजाँचका क्रममा अत्यावश्यक सवारी मात्रै जान दिएको छ ।

पातलो रूपमा मात्रै सवारी चलेका छन् । बसपार्कमा सवारी थन्काएर राखिएका छन् । बसपार्क सुनसान छ ।
सधैं व्यस्त देखिने कलंकी, नयाँ बसपार्क, असन, न्युरोड, चाबहिल, बसुन्धरा, कोटेश्वर, गौशालालगायतका ठाउँ सुनसान छन् ।

सडकमा भोट दिने र सामान्य कामले हिँड्ने बाहेक मानिस देखिएका छैनन् । सामान्य रूपमा भित्री तथा मुख्य सडकमा चिया पसल खुलेका छन् । केही किराना तथा मासु पसल खुलेका देखिन्छन् । मतदाता विभिन्न मतदान केन्द्रमा पुगेर मतदानका लागि उत्साहपूर्वक लाइनमा उभिएका छन् ।

७५२ स्थानीय तहका लागि आज देशभर निर्वाचन भइरहेको हो । एउटा स्थानीय तहमा भने मतदान स्थगित भएको छ । यस निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ नागरिक मतदानमा सहभागी हुँदैछन् । वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएकाले भोट दिन पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया