सोमबार, माघ २८, २०८१

भारतबाट आएका १८ जना होम क्वारेन्टाइनमा

नेपालखोज २०७६ चैत १३ गते ९:३८

जाजरकोट । भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान गरी होम क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ ।

Advertisement

शिवालय गाउँपालिकाका–४ र भेरी नगरपालिकाका–११ र १३ मा गरी १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । त्यस्तै ११ र १२ नं वडामा समेत केही सर्वसाधारण भारतबाट आएको सूचना प्राप्त भएकाले उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राख्ने काम शुरु गर्न लागिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।

अन्य स्थानीय तहमा समेत भारतबाट मानिस आएको सूचना प्राप्त भएकाले सोको पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम जारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया