शनिबार, वैशाख २९, २०८१

नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैंक

नेपालखोज २०७७ फागुन १३ गते १५:२४

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको लगानीमा राष्ट्रिय खाद्य बैक लिमिटेड स्थापना भएको हो । राष्ट्रिय खाद्य बैकका अध्यक्ष शंकर नाथ उप्रेतीले २ अर्ब लगानीमा खाद्य बैंक स्थापना गरेको जानकारी दिए । उनले कृषिमा देशलाई आत्मनिर्भर बनाउने, गुणस्तरयुक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंक मार्फत आफनै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मश मार्फत विक्रि वितरण गर्ने उद्देश्य बैंकको रहेको बताए ।

उनले देशभर ७७ ओटै जिल्ला र प्रदेशहरुमा कृषि उत्पादन र बजारिकरणमा गर्ने उद्देश्यले बैंक स्थापना गरेको बताए । बैंकले उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अघाडी बढ्ने लक्ष्य लिएको छ । अध्यक्ष उप्रेती भन्छन् ‘कृषि क्षेत्रमा ठुलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सहयोग गर्ने, क्रमश अग्रानिक उत्पादनलाई जोड दिइने छ ।’ कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा यो बैकले काम गर्ने उनको भनाई छ । बैंक आफैले खाद्यन्ह, गेडागुडी, हरियो तरकारी, फलफुल, दहि दुध, माछा मासु, चिया, जडिवुटी लगायतको उत्पादन गर्ने पनि बताए । बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धान समेतका कार्य गर्ने जानकारी दिए ।

प्रतिक्रिया