कोरोना : नेपाल-भारत सीमा नाकाका विभिन्न ठाउँमा स्वास्थ्य सहायता कक्ष स्थापना
नेपालखोज
२०७६ चैत १४ गते १४:३०
धम्बोजी । कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल—भारत सीमा नाकाका विभिन्न ठाउँमा ‘स्वास्थ्य सहायता कक्ष स्थापना’ गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बर्दियाको भारतीय सिमावर्ती क्षेत्रका विभिन्न नाकामा ती कक्ष सञ्चालनमा ल्याइएको हो ।
भारतबाट बर्दिया आएका २०० नेपालीलाई होम क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाहिरबाट आउनेलाई स्वास्थ्य परीक्षण गरेर मात्र नेपालमा प्रवेश दिइरहेको र स्वास्थ्य जाँच पनि भइरहेको छ ।
यो भाइरस सङ्क्रमण आशङ्का लागेका व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइन थप गर्न विभिन्न स्थानको खोजी भइरहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया