शुक्रबार, माघ २५, २०८१

अफगानिस्तानमा ९१ जना कोरोना भाइरस सङ्क्रमित

नेपालखोज २०७६ चैत १४ गते १४:४९

काठमाडौँ । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शुक्रबारसम्म ९१ पुगेको    छ ।

Advertisement

थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ सङ्क्रमित व्यक्ति ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शुक्रबार बताए ।

अफगानिसतानको हेरात प्रान्तमा आठ जना, छिमेकमा रहेको निम्रोज प्रान्तमा २ जना र पूर्वी नान्गार्हार प्रान्तमा एक जनामा थप सङ्क्रमण देखिएको हो ।

अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म ९७६ जनालाई कोरोना भाइरस ९कोभिड –१९० को परिक्षण गरिएको छ । परिक्षणको क्रममा ९१ जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले बताउनु भएको छ ।

अफगानिसतानमा कोरोना भाइरस सङ्क्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने, अन्य तीन उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया