शुक्रबार, वैशाख ७, २०८१

आज शनिबार संकटा मन्दिर दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ चैत १५ गते ६:०७

आज १५ चैत्र २०७६ शनिवार को राशिफल

मेष
आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह
आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ ।

तुला
आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मनोरञ्जनमा सहभागीता भइएला ।

धनु
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

कुम्भ
चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

बृष
आज मानसिक चिन्ता वढ्नेछ । साँझमा अधिक पैसा खर्च हुने योगछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । व्यवसायमा नोक्सान हुनेछ ।

कर्कट
मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता नै मिल्नेछ ।

कन्या
साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । स्वस्थयमा समस्या हुनसक्छ त्यसैले संक्रमणबाट आफूपनि बच्ने र अरूलाईपनि बचाउन सहयोग गर्नु होला ।

बृश्चिक
आज शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मकर
अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला ।

मीन
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ । प्यारोसाथी संग भेट होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया