सोमबार, वैशाख २४, २०८१

कस्ता हुन्छन् कन्या राशिका मानिसहरु ?

नेपालखोज २०७९ मंसिर २५ गते ५:००

ज्योतिषशास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो विधि हो । जोतिषीहरु भन्छन्, जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नुछ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसंग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन् । राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव, चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ । राशिमा आधारित भएर मानिसको प्रेम जिवन , शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ ।

बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भर पर्छ । यसैगरि राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो । कन्या : कन्या राशी भएका व्यक्तिहरु अत्यन्त बुद्धिमान, रचनात्मक र सफा मनका हुन्छन । कन्या राशिलाई बुधको बढि प्रभाब हुन्छ त्यसैले यिनीहरू सबैलाई साथमा लिएर हिंड्ने प्रयास गर्छन् ।

प्रत्येक व्यक्तिलाई खुसी पार्ने प्रयास गर्दछन् जुन कसैका लागि पनि सम्भव छैन । यिनीहरू साह्रै सफा मनका हुन्छन, छलकपट जान्दैनन् यद्यपि कुनै कार्य सम्पन्न गर्न जस्तो रणनीतिको आवश्यकता हुन्छ त्यसको उपयोग गर्दछन् । बोलिमा निकै मिठासपन हुन्छ, बोली बाट जस्लाई पनि आकर्सित तुल्याउन सक्दछन् । कन्या राशी भएका व्यक्तिहरुमा प्रयाप्त सहनसिलता हुन्छ । पुस्तक अध्ययन गर्नु, पण्डित्याइँ गर्नु , वित्त तथा वाणिज्यको क्षेत्रमा काम गर्नु, लेखक, कवि, अध्यापक, सल्लाहकार, ज्योतिषी, कृषक एवं शोधकर्ता हुनु यो लग्नको विशेषता हो । त्यस्तै यिनीहरूमा आयातनिर्यात , एकाउन्टस, ढुवानी, खेलकुद, यातायात तथा ठेक्कापट्टा – दलाली आदिमा समेत रुचि हुनसक्छ । यिनीहरूलाई आफूसित जोडिएका प्रत्येक कुरालाई स्नेह गर्दछन भने हिसाब – किताबमा माहिर हुन्छन ।

प्रत्येक कामको लाभहानि विचार गरेर नै काम गर्दछन । यिनीहरूको आचरण शुद्ध र सफा हुन्छ। कसैप्रति पनि आफ्नो मनमा कुनै कुभावना राख्दैनन् । सबैलाई क्षमा गर्ने बानी, विपरीत परिस्थितिमा पनि धैर्य राख्ने र समस्या समाधान गर्ने क्षमता आदिले यस्ता मानिसलाई विशिष्ट बनाउँछ । शुभबार : बुधवार र शुक्रबार घातक बार : शनिबार शुभ रत्न : पन्ना, हिरा र निलम उमेरले ३ बर्षमा अग्नी भय , ५ बर्षमा आँखामा पिडा, ९ र १३ बर्षमा अग्लो स्थान बाट भय , ३० वर्षमा शस्त्र बाट घात हुने सम्भावना रहन्छ। मित्र राशी सबै छन तर मिन र कर्कट राशिहुनेहरु सँग साबधान रहनुपर्छ ।

प्रतिक्रिया