सोमबार, माघ २८, २०८१

चौथो कोरोना संक्रमितसँग १९३ जना यात्रा गरेका थिए

नेपालखोज २०७६ चैत १५ गते १८:४८

काठमाण्डौ । कारोना भाइरस (कोरोना–१९) संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुषसँग १९३ जनाले हवाई यात्रा गरेको पाइएको छ । उनले दिल्लीबाट काठमाण्डौ हुँदै नेपालगञ्ज पुग्दा उनीहरुसँग यात्रा गरेका हुन् ।

Advertisement

धनगढीका उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको विमानमार्फत भारतको राजधानी नयाँदिल्ली आएका उनी भोलिपल्ट काठमाण्डौ आएका थिए । काठमाण्डौ आएको भोलिपल्ट बुद्ध एयरबाट नेपालगञ्ज पुगेका उनी त्यहाँबाट सार्वजनिक बस चढेर धनगढी पुगेका थिए । ११ गते सेती प्रादेशिक अस्पताल पुगेका उनमा संक्रमण देखिएको रिपोर्ट शुक्रबार आएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनी दिल्लीबाट काठमाण्डौ विस्तारा एयरको यूके १५५ विमानबाट आएका थिए । सो फ्लाइटमा उनीसहित १३० यात्रु दिल्लीबाट काठमाण्डौ आएका थिए ।

यात्रुहरुको विवरण अध्यागमन विभागले प्रहरीलाई पठाएको छ ।

यसैगरी उनी काठमाण्डौबाट नेपालगञ्ज पुग्न उनले बुद्ध एयरको विमान प्रयोग गरेका थिए । उनी सवार फ्लाइटमा कुल ६५ जना यात्रु रहेको बताइएको छ ।

उनीहरुको विवरण पनि प्रहरीले पाएको छ । अब दिल्लीबाट काठमाण्डौ र काठमाण्डौबाट नेपालगञ्ज पुग्दा उनीसँगै यात्रा गरेका कुल १९३ जनाको खोजी कार्यमा प्रहरी जुटेको छ ।

प्रतिक्रिया