महामारीका समय सेवाका रुपमा तरकारी निःशुल्क बाँड्दै किसान
नेपालखोज
२०७६ चैत १६ गते १९:०९
लहान । कोरोना भाइरस (कोबिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’का कारण समस्यामा परेका सिरहाको लहानका स्थानीयलाई एक किसानले निःशुल्क तरकारी वितरण गरेका छन् ।
लकडाउनको मौका छोपी बजारमा तरकारीको मुल्य बढाएर बिक्री भइरहेका बेला लहान नगरपालिका–२४ का किसान रामप्रकाश महतोले वडा नम्बर १, ६ र ७ का स्थानीयलाई करिब १६ क्विन्टल भान्टा निःशुल्क वितरण गरेका हुन्।
आफ्नै बारीमा उत्पादन गरेको भन्टा त्यस क्षेत्रका गरिब, बिपन्न तथा घरभाडा लिएर बसेकालाई महतोले वितरण गरेको लहान सिटी जेसीजका गौरब साहले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया