लकडाउन आगामी चैत्र २५ गते सम्म लम्व्याउने सरकारको निर्णय
नेपालखोज
२०७६ चैत १६ गते २१:१०
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नलिन नेपाल सरकारले गत १० गतेदेखि लागू गरेको लकडाउनको मिति थप गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को वैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री डा युवराज खतिवडाले ‘लक-डाउन’ र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
केही समय अघि मात्र सम्मन्न भएको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले लकडाउन अवधि थप गरेको जानकारी दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया