सोमबार, फागुन ५, २०८१

असंगठित व्यक्तिहरुका लागि एक महिनाको भाडा मिनाहा गर्न घरधनीलाई आग्रह

नेपालखोज २०७६ चैत १६ गते २१:३७

काठमाडौं । सरकारले असंगठित व्यक्तिहरुका लागि एक महिनाको घरभाडा मिनाहा गरिदिन घरधनीसँग आग्रह गरेको छ ।

Advertisement

आज बसेको मन्त्रीपरिषद्को वैठकले कोरोना संक्रमणका कारण विपन्न वर्गहरुका लागि र असंगठित रुपमा ज्याला मजदुरी गर्ने नागरिकहरुको राहतका लागि एक महिनाको घर भाडा मिनाहा गर्न घरधनीसँग आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

यसरी असंगठित व्यक्तिहरुलाई घरभाडा मिनाहा दिने घरधनीहरुको घरबहाल करमा छुट दिने निर्णय गरेको समेत सरकारका प्रवक्ता एवं अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन् ।

प्रतिक्रिया