सोमबार, फागुन ५, २०८१

कोरोना : टोखावासिलाई विष्णु सरस्वति फाउण्डेसनले ग¥यो मास्क सहयोग

नेपालखोज २०७६ चैत १७ गते १६:२१

काठमाडौँ, चैत १६ । कोरोना संक्रमणका कारण विश्वभर महाभारी फैलिएका बेला संक्रमणबाट सजग रहन सघाउन पु¥याउने उदेश्यले सामाजिक संस्थसा विष्णु सरस्वती फाउण्डेसनले टोखा नगरपालिकावासीबासीहरुका लागि मास्क वितरण गरेको छ ।

Advertisement

फाउण्डेसनका अध्यक्ष एवं समाजसेवी अम्विका लामिछाने सहितको टोलीले टोखा नगरपालिका वडा नं. १ को कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्रीकृष्ण अधिकारीलाई ७ सय थान मास्क हस्तारण गरेको हो ।

कोरोना (कोभिड १९) को महामारीका समय नगरवासीलाई व्यक्तिगत सुरक्षामा सहजता होस भन्ने उद्देश्यले फाउण्डेसनले उपलब्ध गराएको मास्क ग्रहण गर्दै वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले विगत केही वर्ष यता सामाजिक समस्यामा परेका व्यक्तिहरुलाई विष्णु सरस्वती फाउण्डेसनले विभिन्न किसिमका सहयोग प्रदान गर्दै आईरहेकोमा अध्यक्ष अधिकारीले संस्थाको प्रशंसा गरेको थिए ।

विगतमा पनि फाउण्डेसनले टोखा नगरपालिकाका विभिन्न वडाहरुमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेको वडा अध्यक्ष अधिकारीले बताए ।

मास्क हस्तान्तरण गर्दै विष्णु सरस्वति फाउण्डेसनकी अध्यक्ष अम्बिका लामिछानेले टोखा नगरबासीहरुलाई आवश्यक पर्दा अन्य सहयोग गर्न संस्था तयार रहेको बताइन् । उनले कोरोनाले महामारीको प्रकोप लिएकाले सकेसम्म कोही व्यक्ति पनि बाहिर ननिस्कन र निस्कनै परे सुरक्षा सर्तकता अपनाउन आग्रह गरिन् । महामारीका कारण सरकारल मुलुकलाई पूर्ण रुपमा लकडाउन गरेकाले सरकारले गरेको निर्णयको प्रशंसा गर्दै नागरिक आफै पनि सचेत हुनु पर्ने छ । संस्थाले मास्क वितरण गरेर टोखाबासीहरुलाई सुरक्षित गर्ने प्रयास हो उनले भनिन् ।

कोरोना भाईरस मान्छेबाट मान्छेमा सर्ने भएकाले मानिसदेखि मानिस नै डराएर हिड्नु पर्ने अवस्था आएकाले यो विपद्को क्षणमा विष्णु सरस्वती फाण्डेसनले सक्दो सहयोग गर्नेसंस्थाकी अध्यक्ष अम्विका लामिछानेको प्रतिवद्धता थियो ।

फाउण्डेसन विगतमा पनि विपद्का अवस्थामा नागरिकका लागि आवश्यक विभिन्न सहयोग गर्दै आईरहनुका साथै गरिव तथा विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति दिएर शिक्षामा सहयोग गर्दै आईरहेको छ । त्यस्तै महिलाहरुका लािग विभिन्न सीप मूलक तालिमहरु समेत प्रदान गरी आयआर्यजनमा महिलाहरुको क्षमताबृद्धि गर्ने काम समेत गर्दै आईरहेको छ ।

प्रतिक्रिया