कोरोना राहत कोषमा पूर्व राज्यमन्त्री खड्काद्धारा ५ लाख सहयोग
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नेपालमा पनि देखिएपछि नेपाल सरकारले संक्रमण रोकथामका लागि राहत कोष नै खडा गरिसकेको छ । सरकारले खडा गरेको राहत कोषमा विभिन्न व्यवसायीहरुले सहयोग गर्दै आईरहेका छन् । यसै सन्दर्भमा नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले पनि कोरोना राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् । पूर्व सरसफाई तथा खानेपानी राज्यमन्त्री समेत रहेका नेता खड्काले नेपाल सरकारको कोरोना राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका हुन्।
खड्काले नेपाल सरकार कोरोना राहत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेका हुन्।
खड्काले नेपाल सरकारको कोषमा ५ लाख सहयोग गरे लगतै भनेका सरकारले लकडाउन गरेको अवस्थामा आफ्नो गृह जिल्ला संखुवासभाका कुनै पनि व्यक्ति विशेष गरी विद्यार्थी, ज्यालादारी मजदुर र विपन्न बर्गलाई समस्या परे वा जस्तो सुकै सहयोग चाहिएमा आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया