शुक्रबार, चैत ७, २०८१

विपन्न परिवारलाई निःशुल्क खाद्यान्न

नेपालखोज २०७६ चैत १९ गते ९:४७

बैतडी । अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहतस्वरूप बैतडीको दोगडाकेदार गाउँपालिका–४ को कार्यालयले निःशुल्क खाद्यान्न वितरण गरेको छ । लकडाउनले मजदुरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका वडाभित्रका ४४ परिवारलाई मङ्गलवार खाद्यान्न वितरण गरिएको हो ।

Advertisement

उनीहरु सबैलाई गरेर १० क्विन्टल ८० किलो चामल वितरण गरिएको हो । कोभिड–१९ को सतर्कतास्वरूप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरी खानेहरुलाई छाक टार्न समस्या भएपछि खाद्यान्न वितरण गरिएको वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । कम्तीमा १५ दिन पुग्ने गरी परिवार सङ्ख्याका आधारमा चामल वितरण गरिएको उनले बताए । यस्तै आज पनि वडामा बाँकी रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने उनले बताए ।

यस्तै डिलाशैनी गाउँपालिका–५ मा भारतबाट आएका छ जनालाई गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइनमा राखिएको छ । अन्य तीन जना होम क्वारेन्टाइनमा बसेको वडा सदस्य जयदेव जोशीले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि वडा नं ५ को जनचेतना आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको उनले बताए । क्वारेन्टाइनमा बस्ने नागरिकका लागि खान र बस्न उचित व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया