शुक्रबार, वैशाख १४, २०८१

के यौन सम्पर्कबाट कोरोना सर्छ त ?

नेपालखोज २०७६ चैत १९ गते १५:२६

काठमाण्डौ । यतिखेर विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले प्रभाव पारिरहेको छ । मानिसको स्वास्थ्यसँगै विश्व अर्थतन्त्रमा समेत यसले नराम्रो प्रभाव पारिरहेको छ ।

यतिमात्र होइन, विश्व नैै अहिले कोरोनामय भइरहेको अवस्थामा संसार कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने भन्नेमा विभिन्न रणनीति तयार भइरहेका छन् ।

यो सामग्री तयार गर्दासम्म विश्वमा ४२ हजार भन्दा बढीको कोरोना संक्रणका कारण मृत्यु भइसकेको छ भने ८ लाख ६१ हजारमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । यस्तै १ लाख ७८ हजार कोरोना संक्रमितहरुको निको भएको तथ्याङ्क सार्वजनिक भएको छ हुँदा कोरोना भाइरसको संक्रमण कसरी सर्छ , कहाँ, कतिञ्जेल बाँच्छ र यसबाट बच्नको लागि के–के गर्नुपर्छ जस्ता बिषयमा अनुसन्धान आउने क्रम जारी छ ।

सँगसँगै यो भाइरसको संक्रमणबाट बच्न बारम्बार साबुन–पानीले हात धुने, मास्क लगाउने र खासगरी संक्रमितले खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकका छिटाबाट यो भाइरस सर्ने भएकाले त्यस्ता क्रियाकलापबाट सुरक्षित रहन चिकित्सकले सुझाव दिइरहेका छन्।

विशेषगरी कोरोना भाइरस संक्रमित व्यक्तिको थुक तथा र्या लमा रहन्छ भनेर यस क्षेत्रका विज्ञले बताइरहेका छन्। त्यसैबाट बच्न हात साबुन–पानीले धोइरहने तथा स्यानिटाइजर लगाइरहने सल्लाह उनीहरूले दिइरहेका छन्।

तर पछिल्लो पटक धेरै मानिसहरुमा एउटा जिज्ञासा पनि सँगै उब्जिन थालेको छ । यो भाइरस यौन सम्पर्कबाट चाँहि सर्छ कि सर्दैन ? अन्य सरुवा रोगहरु सामान्यतया यौन सम्पर्कबाट एक अर्कामा सर्ने गरेको पाइएको अवस्थामा संक्रमित व्यक्तिको थुक तथा र्याकलमा मात्र कोरोना भाइरस हुने यसका विज्ञहरुले बताइरहँदा यस्तो जिज्ञासा उब्जिनुलाई स्वभाविक नै मानिन्छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालस्थित मेडिकल रिसर्च युनिटका संयोजक डा।शेरबहादुर पुन यस बिषयमा खुलेर भन्छन्, ‘हो, मानिसमा यो सोचाइ पनि पक्कै आइरहेको होला। यस विषयमा छोटो शब्दमा म के भन्छु भने यो कुराको वैज्ञानिक आधार छैन। अर्थात् कोरोना यौन(सम्पर्कबाट सर्छ भन्ने विषयमा अहिलेसम्म कतैबाट प्रमाण प्राप्त भएको छैन।’

डा. पुन अगाडि भन्छन्, ‘हुन त यस विषयमा अनुसन्धान नभईकन हामीले बोल्न मिल्दैन। किनकि अहिलेसम्म विश्वमा यस पक्षमा कहीं कतै अनुसन्धान भएकै छैन। त्यसकारण अहिले मैले यो विषयमा यसै हुन्छ भनेर बोलें भने त्यसको जवाफदेही म हुनुपर्ने हुन्छ।

तर म फेरि के भन्छु भने यौन-सम्पर्कबाट कोरोना भाइरस सरेको पुष्टि अहिलेसम्म कतैबाट भएको छैन। अर्थात् यसको वैज्ञानिक आधार छैन। नत्र चीनमा त्यत्रो संक्रमण फैलियो, इटालीमा त्यति धेरै मानिस मरे।

यदि यौन सम्पर्कबाट पनि कोरोना सर्ने भए त अहिलेसम्म कुनै न कुनै त्यस्तो घटना पनि सार्वजनकि हुनुपर्ने। त्यस्तो त पाइएको छैन। त्यसकारण मेरो जवाफ अहिलेलाई यही हुन्छ कि यसको वैज्ञानिक प्रमाण छैन।

तपाईंलाई एउटा कुरा स्मरण गराऊँ, जतिबेला डेंगु फैलिरहेको थियो, त्यतिबेला श्रीमान श्रीमती छुट्टै कोठामा बसेर भातभान्सै अलग गरिएका समाचार पनि हामीले सुन्यौं। जसले सम्बन्धै बिगार्ने स्थिति पनि आए।

तर यौन सम्पर्कबाट डेंगु सरेको घटना खासै सुनिएन। तर पनि युरोपमा एउटा घटना सार्वजनिक भयो कि यौन सम्पर्कबाट पनि डेंगु सर्यो भन्ने। संसारमा त्यही एउटा मात्रै घटना हो।

सयमा सय त कुनै कुरा पनि हु्रन्न। अपवाद जेमा पनि हुन्छ, तर त्यो यौन सम्पर्कबाट डेंगु सरेको घटनामा पनि वैज्ञानिक पुष्टिचाहिँ भएको छैन।

अब यो कोरोना भाइरसका सम्बन्धमा पनि चीनका वैज्ञानिक कति फास्ट छन्, अनुसन्धान गर्न। तर खै अहिलेसम्म यौन सम्पर्कबाट कोरोना सर्यो भन्ने कुरा बाहिर आएका छैनन्। यसकारण मलाईचाहिँ यौन सम्पर्कबाट कोरोना सर्छ भन्ने कुरामा विश्वास छैन।

डा. पुन भन्छन्,‘ मैले पहिले भनिसकें कि यसमा वैज्ञानिक आधार छैन। यौन सम्पर्कबाट कोरोना सर्छ भन्नेमा मलाई विश्वास छैन। त्यसकारण जोडीहरूलाई यौन सम्बन्ध नै बन्द गर्नुस् भनेर कम्तीमा मेरोचाहिँ सल्लाह छैन।’

प्रतिक्रिया