बिहीबार, वैशाख १३, २०८१

आज शुक्रबार महालक्ष्मी देवीको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ चैत २१ गते ६:०७

आज २१ चैत्र २०७६ शुक्रवार को राशिफल

मेष
गरेको काममा ढिलासुस्ती हुनेछ । सौन्दर्यतामा धन खर्च बढ्न सक्छ । मनमा चञ्चलतापनि बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

मिथुन
आज नयाँ नयाँ कार्यको योजना बन्नेछ । स्वाद अनुसार खानपनि पाईनेछ । महिला मित्रबाट विशेष सहयोगको अपेक्षा गर्न सकिनेछ ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यप्रति सजक रहनु आवस्यक छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला
सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पुनर्मिलनको योग रहेको छ ।

धनु
आज स्वास्थ्यप्रति सजक रहनु पर्छ । प्रेममा मतभेद बढ्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कुम्भ
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

बृष
आज प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । बैदेशिक कार्यभने कमजोर रहनेछ ।

कर्कट
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कन्या
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

बृश्चिक
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ ।

मकर
आज धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मीन
आज आत्मिक सन्तुष्टि मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लाभदायक यात्रा रहला । ( ज्यो।प। नारायणप्रसाद दुलाल

प्रतिक्रिया