शुक्रबार, जेठ ४, २०८१

श्री १००८ खप्तडबाबा

नेपालखोज २०८० भदौ ३१ गते ५:४२

जब हाम्रो भूल कसैले देख्तछ, हाम्रो पाप प्रकट हुन्छ, अनि हामीलाई लाज लाग्छ । ‘त्यो भूल हामीबाट किन भयो, यस्तो पाप हामीले किन गर्यो’ भनेर होइन कि ‘मानिसले थाहा पाए, हाम्रो नीचता प्रकट भयो’ भन्ने आशयले लाज लाग्छ । यस लज्जाको कुनै अर्थ छैन । लज्जा हुनुपर्छ पाप गर्दा, गरेको पाप लुकाउँदा, कुनै पनि पाप हुँदा त्यसलाई प्रकट गर्न क्षण भरको पनि विलम्ब किन गर्यो भन्ने कुरामा । यस्तो लज्जा प्रभुलाई शीघ्रातिशीघ्र आकर्षित गर्न सक्तछ । एको देवः सर्वभूतेषु गूढः सर्वव्यापी सर्वभूतान्तरात्मा । कर्माध्यक्षः सर्वभूताधिवासः साक्षी चेतः केवलो निर्गुणश्च ॥

अर्थात् हाम्रा प्रभु नै ती प्रसिद्ध देव हुन् जो सबै प्राणीहरूमा लुकेर रहेका छन् , सर्वत्र सबै व्याप्त छन् , सबै जीवहरूको अन्तरात्मा हुन् , कर्महरूका अध्यक्ष हुन् , सबै भुतहरुका अधिष्ठान हुन् , सबैका साक्षी हुन् , सबैलाई चेतना दिने हुन् , केवल छन् र निर्गुण छन् । तत् सृष्ट्वा तदेवाऽनुप्रा विशत् । अर्थात् प्रभुले नै त यस विश्वको रचना गरेर यसमा प्रवेश गरे । स एव इह प्रविष्ट श्रा नखाग्रेभ्यः । अर्थात् प्रभु त हाम्रो शरीरमा गोडाको नङदेखि शिखासम्म अनुप्रविष्ट छन् । सर्वेषां भूतानामन्तरः पुरुषः स म आत्मेति । अर्थात् सम्पूर्ण प्राणीहरूभित्र जुन पुरुष विराजमान छ , ती हाम्रा अन्तरात्मस्वरूप प्रभु नै त हुन् । पुरुष एवेदं सर्व यद्भूतं यच्च भाव्यम् । अर्थात् भूत, वर्तमान , भविष्यको समस्त जगत् हाम्रो प्रभुको नै स्वरूप त हो ।

यहाँ ुविदेशी विद्वान्हरूको हिन्दूदर्शनको विषयमा के धारणा छ र उनीहरू कसरी प्रभावित भएर त्यसको सामु मन्त्रमुग्ध झैं नतमस्तक हुन्छन्’ भन्ने कुराको उल्लेख गर्नाको एकमात्र अभिप्राय हो( यसबाट हाम्रा शिक्षित युवसमाज यो जान्न र बुझ्न सकोस् कि हाम्रो धर्म एवं संस्कृतिको विषयमा पाश्चात्य जगत्‌को कति आदरभाव छ, अनि हामी किन त्यसबाट पराङ्मुख भएर अन्य धर्म तथा संस्कृतिहरूको अन्धानुकरण गरिरहेका छौं रु किन आफ्नो धर्म एवम् संस्कृतिमा आत्मगौरव अनुभव गर्दैनौं रु आफूलाई हिन्दू भन्न, मान्न किन हिचकिचाउँछौं । स्वयं विचार गर ।

धर्म यो वाधते धर्मो न स धर्मः कुधर्म तत् । अविरोधी तु यो धर्मः स धर्मो मुनिपुङ्गव ॥

अर्थात् ‘जुन धर्मले कुनै अर्को धर्मलाई बाधा दिन्छ , त्यो धर्म धर्म होइन किन्तु अधर्म हो । हे मुनिश्रेष्ठ १ जुन सबैप्रति अविरोधी छ , त्यही धर्म हो ।’

सर्वप्रथम हृदयलाई पवित्र गर । हृदयको पवित्रता के कुरा हो रु नम्रता ९विनय०, प्रेम, विश्वास, प्रार्थना, सहनशीलता, आत्मसमर्पण । यी कुराहरूलाई प्रथम(नियमरूप स्वीकार गर्नाले, चाहे अन्धविश्वासपूर्वक नै किन नहोओस्, हृदय शुद्ध हुन थाल्छ । यसपछि त्यो सत्ता स्वयं ने आफ्नो प्रभाव एवं आफूप्रतिको विश्वास बढाउन थाल्दछ ।

ब्रह्मज्ञानी परमपूज्य श्री १००८ खप्तडबाबा बाट लेखिएको ‘धर्म(विज्ञान’बाट ।

प्रतिक्रिया