फेदीखोला क्वारेन्टाइनका नौ जना घर फिर्ता
नेपालखोज
२०७६ चैत २१ गते १२:३७
स्याङ्जा । फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका नौ जनालाई घर पठाएको छ । विदेशबाट आएका तीन युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको र विदेशबाट आएको १४ दिन पूरा भएकाले बिहीबार घर पठाइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
क्वारेन्टाइनमा बसेर विषम परिस्थतिमा सामाजिक उत्तरदायित्व पूरा गरेवापत उनीहरुलाई रु एक हजारको दरले प्रोत्साहन रकम पनि दिइएको गाउँपालिकाले जनाएको छ ।
कतार एयरवेजमा संक्रमित युवतीसँगै आएका दुई युवा र एक महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको गाउँपालिका, स्वास्थ्य शाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया