शुक्रबार, वैशाख १४, २०८१

सूर्या लाईफको बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७७ माघ ५ गते १५:४१

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सोमबार रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए । उक्त सभाबाट शेयधनीहरुलाई चुक्ता पूँजीको पाँच प्रतिशतले हुने रकम १० करोड ७७ लाख ५६ हजार नौ सय रुपैयाँ बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित पाँच दसमलव ५२ प्रतिसतले हुुन आउने ११ करोड ९० लाख ९९ हजार सात सय ११ रुपैयाँ बराबरको नगद लाभांस सहित कुुल २२ करोड ६८ लाख ५६ हजार छ सय ११ रुपैयाँ बराबरको लाभांस पारित गरेको छ ।

सभामा निमित्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काबाट स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उक्त सभामा उपस्थित शेयरधनीहरु तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराउँदै, संस्थाका अध्यक्षले भट्टराईले धन्यावाद दिएका थिए ।

प्रतिक्रिया