बुधबार, वैशाख १२, २०८१

नेपालमा सातौ कोरोना संक्रमित भेटियो

नेपालखोज २०७६ चैत २१ गते १४:४७

काठमाण्डौ । नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् ।

त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो ।

त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना स‌ंक्रमण भेटिएको भोलिपल्ट भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।

प्रतिक्रिया