शनिबार, वैशाख २९, २०८१

यात्रु बोकेको तीन वटा बलेरो जीप नियन्त्रणमा

नेपालखोज २०७६ चैत २२ गते १३:४७

सिन्धुपाल्चोक । लकडाउनको उल्लङ्घन गरी यात्रु बोकेको तीन वटा बलेरो जीपलाई सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिइएको छ । चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । जीपमा रहेका २४ जना यात्रुलाई भने लामोसाँघुस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ । उनीहरु विभिन्न जिल्लाबाट मजदूरी गर्न आएका र बिनाअनुमति घर फर्कन लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया