बिहीबार, माघ २४, २०८१

लकडाउन प्रभाव : बारीमै कुहिन थाल्यो तरकारी

नेपालखोज २०७६ चैत २३ गते ६:५४

उदयपुर । उदयपुरका विभिन्न भेगका किसानले उत्पादन गरेका तरकारी बजार ल्याउन नसक्दा घरबारीमै कुहिन थालेको छ। सिजनमा उत्पादन भएको तरकारी, फलफूल बजारसम्म पुर्‍याउने व्यवस्था नहुँदा बारीमै कुहिन थालेको हो।

Advertisement

लकडाउनको समयसीमा बढेसँगै यातायातका साधन सञ्चालन हुन नसक्दा किसानको लगानी त्यसै खेर गएको तरकारी उत्पादक विभिषणप्रसाद चौधरीले बताए। उनले भने, ‘सिजनअनुसार तरकारी उत्पादन भएको छ, बिक्रीका लागि गाडी नखुल्दा व्यापारी खरिद गर्न नआएको र आफूले पनि बजारसम्म लैजान सक्ने अवस्था छैन।’

‘बजारमा तरकारीको हाहाकार छ भन्ने हामीले सुनेका छौं’, उनले भने, ‘यहाँ हाम्रो बारीमा त्यसै कुहेको छ, न पैसा लिन सकियो न निःशुल्क बाँडन सकेका छौं, लगानी त्यसै खेर गयो।’ ‘कतिपय तरकारी बिक्रीका लागि ठिक्क पारेर घरमा राखेको अवस्थामा कुहेर चौपायालाई खोले खुवायौ’, चौधरीले भने, ‘बारीमा त्यस्तै सोतर भएर कुहेको छ, अव त पशुचौपायाले पनि खाएर सक्दैन।’ यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

प्रतिक्रिया