बुधबार, वैशाख १२, २०८१

लकडाउनका कारण वाग्मती सफाइ महाअभियान प्रभावित

नेपालखोज २०७६ चैत २३ गते ७:५४

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको थियो । चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी जेसुकै परे पनि निरन्तर सञ्चालन हुँदै आएको सफाइ महाअभियान लकडाउन भएपछि चैत १५ गते शनिबार नदीमा कोही निस्कन नसक्ने अवस्था बन्यो ।

चैत १५ गते पहिलोपटक प्रभावित बनेको महाअभियान दोस्रोपटक चैत २२ गते शनिबार पनि अभियानकर्मी नदीमै निस्किएर सफाइ गर्न सकेनन् । सरकारले लगाएको बन्दाबन्दीका कारण केही अभियानकर्मीले भने आ–आफ्नो घर वरपर सफाइ गरेरै अभियानलाई निरन्तरता दिए । विश्वमै लामो समय सञ्चालन भएको अभियानका नाममा यसले अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया