बुधबार, वैशाख १२, २०८१

कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरिने

नेपालखोज २०७६ चैत २३ गते १७:०३

काठमाण्डौ । शनिवार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा हुने र्‍यापिड डाइग्नोस्टिक टेष्टको टुङ्गो लगाएको छ ।

यसको निम्ति सरकारले टोली खटाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालय आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा जनाएको छ । मन्त्रालयका प्रवक्ता डा..विकास देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण हुनेछ ।

यस्तै बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण हुनेछ ।

साथ चैत महिनामा आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा। देवकोटाले बताए । ‘यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र कोभिड–१९ संक्रमणको शंका लागेका व्यक्तिहरुको परीक्षण गरिनेछ,’ उनले भने ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट टोली पठाउन लागिएको छ ।

प्रतिक्रिया