शुक्रबार, वैशाख १४, २०८१

देशभरका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाइँदै

नेपालखोज २०७६ चैत २३ गते २१:५५

काठमाडौं । विश्व प्रविधि मैत्री बनिरहेका बेला मुलुक भरका सामुदायिक विद्यालयहरुलाई प्रविधि बनाइने भएको छ ।

सरकारले सरकारी विद्यालयहरुको शिक्षाको गुणस्तर सुधार्दै प्रविधि मैत्री बनाउने लक्ष्य सहित देशैभरमा रहेका सामुदायिक विद्यालयलाई २४ हजार थान P8 कम्प्यूटार अनुदानमा उपलब्ध गराई विद्यार्थीहरुलाई कम्प्यूटर सम्वन्धी शिक्षा प्रदान गर्ने तयारी गरिरहेको छ ।

जसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक खरिद ऐन अनुरुप २४ हजार कम्प्यूटर खुल्ला टेण्डर प्रतिपष्र्धाबाट खरिद गरी देशैभरका सामुदायिक विद्यालयमा पु¥याउने भएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका ४ सामुदायिक विद्यालयहरुलाई २२ वटाका दरले कम्प्यूटर प्रदान गरिने छ ।

टेण्डर प्रतिष्पर्धाबाट कम्प्यूटर खरिद गर्ने कम्पनीले सवै विद्यालयमा कम्प्यूटर जडान गरिदिने, एक वर्षसम्म निःशुल्क मर्मत सम्भार गरिदिनु पर्ने समेत खनालले जानकारी दिए ।

प्रतिक्रिया