ग्यास अभावको समस्या व्यवस्थापन, बजार सामान्य
नेपालखोज
२०७६ चैत २४ गते ७:२०
काठमाडौं । पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ । लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य भएको छ ।
ग्यास सहज भएको छ । ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी छ ।
लकडाउन सुरु भएपछि पेट्रोल तथा डिजेलको बिक्री वितरण घटेको छ । सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नभएपछि पेट्रोल तथा डिजेलको खपत ठप्पैजस्तो छ । पम्पहरूले आलोपालो गरेर बिक्री वितरण गरेका छन् । माग नभएपछि पेट्रोल डिजलको आपूर्तिमा निगमले त्यति चासो दिनुपरेको छैन ।
लकडाउनको समयमा पनि पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित
प्रतिक्रिया