नुवाकोटको बट्टारमा नेविसंघको मसाल जुलुस
नेपालखोज
२०७७ माघ १९ गते १४:१६
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साँझ मसाल जुलुस निकालिएको छ ।
नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको नेविसंघ नुवाकोटका विद्यार्थी नेता कृष्ण मिश्रले जानकारी दिए । जुलुसमा सहभागीले संसद विघटन विरुद्ध नारा लगाउदै निर्णय सच्याउन आव्हान गरेका छ्न् ।
जुलुस निरुत्साहित गर्न बट्टार चोकमा प्रहरी परिचालन गरिएपनि युवा बिद्यार्थीको उल्लेख्य उपस्थिती रहेकोले प्रहरिले मसाल जुलुस नियन्त्रण लिन भने सकेको थिएन ।
सम्बन्धित
प्रतिक्रिया