बिहीबार, माघ २४, २०८१

श्रीलंका र कुसुमघाटमा बिओपी स्थापना

नेपालखोज २०७६ चैत २४ गते ८:४२

लम्की । भारतसँंग सीमा जोडिएका कैलालीका दुई स्थानमा सशस्त्र प्रहरीको जाँचचौकी (बीओपी) स्थापना गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर ८ स्थित श्रीलंकामा र भजनी नगरपालिका वडा नम्बर ३ स्थित कुसुमघाटमा सशस्स्त्र प्रहरीको अस्थायी जाँचचौकी स्थापना गरिएको बिओपी खक्रौलाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्टले जानकारी दिए ।

Advertisement

उनका अनुसार दुवै स्थानमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १०-१० जनाको टोली राखिएको छ । ‘‘नेपाल भारत लुकिछिपी आवतजावत गर्नेलाई नियन्त्रण गर्न सजिलो हुन्छ’’, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘सीमा क्षेत्रमा जोखिममा रहेका नागरिकले राहत महसुससमेत गरेका छन् ।’’

रावलले सबैलाई लकडाउन पालना गर्न आग्रह गर्दै भारतबाट आउनेहरु संक्रमित हुनसक्ने भएकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरे । ‘‘हामीले ज्यालादारी गर्ने र अति विपन्नका लागि राहतको प्याकेज ल्याइसकेका छौंँ ।’’ रावलले भने, ‘‘लकडाउन पालना गर्नुहोस्, हामी नागरिकलाई भोकै मर्न दिने छैनौंँ । केही समस्या भए नगरपालिकाको टोल फ्रि नंमा फोन गर्नुहोला ।’’

प्रतिक्रिया