बिहीबार, वैशाख २०, २०८१

कागेश्वरी मनोहराका चारहजार परिवारलाई राहत वितरण

नेपालखोज २०७६ चैत २४ गते १७:०६

काठमाडौँ । काठमाडौँ र भक्तपुर जिल्लासँग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका चार हजार ९०० परिवारलाई राहत वितरण गरेको छ ।

विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहय र मजदूरवर्गका उपभोक्तालाई नगरपालिकाले राहत वितरण गरेको हो ।

नगरपालिकाले आइताबार साँझसम्मको तथ्याङ्कअनुसार नौवटै वडाका चार हजार ९०० परिवारलाई राहत वितरण गरिएको जनाएको छ । विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट गरिएको राहत वितरणबाट नगरभित्रका छाक टार्न मुस्किल पर्ने विपन्न परिवार लाभान्वित भएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताए ।

दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई चामल, दाल, खाने तेल र साबुन खरिदका लागि विपन्न परिवार छनौट गरी प्रतिपरिवार एक हजारको दरले नजिकैको खाद्यान्न पसलबाट आवश्यक सामान खरिद गर्ने गरी कुपन बाँडिएको नगरप्रमुख थापाले बताए ।

प्रतिक्रिया