बुधबार, वैशाख १२, २०८१

नेपाल राष्ट्र बैकका १७ औ गभर्नर महाप्रसाद को हुन् ?

नेपालखोज २०७६ चैत २४ गते १९:०१

काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को वैठकले मुलुकको केन्द्रिय वैकका रुपमा रहेको नेपाल राष्ट्र बैंकको १७औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीलाई नियुक्ति गरेको छ । चार वर्ष अघि डेपुटी गभर्नरका रुपमा अवकाश पाएका उनी चार वर्षपछि गभर्नरका रुपमा पुन ः नेपाल राष्ट्र बैंकको जिम्मेवारी सम्हाल्ने मौका पाएका छन् ।

खोटाङमा जन्मिएका अधिकारीले भारतबाट सिए पास गरेका थिए । उनले २०४२ सालमा राष्ट्र बैंकबा जागिरे जीवन शुरुवात गरेका थिए । केन्द्रीय बैंकमा रहँदा उनले संस्थागत सुशासन तथा बैंकिङ सुपरिवेक्षणलाई बलियो बनाउने काम गरेका थिए । ३० वर्षभन्दा बढी केन्द्रीय बैंकमा काम गरेका अधिकारी त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिनेस्ट्रेसनमा स्नातक हुन् भने १९९३ मा भारतबाट चार्टड एकाउन्टेन्ट बनेका थिए ।

वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा गभर्नर हुँदा उनलाई सहयोग गर्न प्रमुख भूमिका निर्वाह गरेको थिए । बैंक वित्तीय संस्थाको बासलातमा राम्रो टिप्पणी गर्न सक्ने अधिकारीले घरजग्गा कर्जा सीमामा ल्याउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रुपमा चिनिएका छन् ।
उनी पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्माका निकै नजिकका पात्रका रुपमा परिचित हुँदै आएका थिए ।

नेपाल राष्ट्र वैकमा हालसम्म नियुक्त भएका गर्भनर

१) हिमालय शमशेर जबरा

२) लक्ष्मीनाथ गौतम

३) प्रधुम्ललाल राजभण्डारी

४) डा.भेष बहादुर थापा

५) डा.यादव प्रसाद पन्त

६)कुलशेखर शर्मा

७)कल्याण विक्रम अधिकारी

८) गणेश बहादुर थापा

९) हरिशंकर त्रिपाठी

१०) सत्येन्द्र प्यारा श्रेष्ठ

११) डा. तिलक बहादुर रावल

१२) दिपेन्द्र पुरुष ढकाल

१३) विजयनाथ भट्टराई

१४) दिपेन्द्र बहादुर क्षेत्री

१५) युवराज खतिवडा

१६) डा. चिरञ्जीवी नेपाल
१७) महाप्रसाद अधिकारी ।

प्रतिक्रिया