मंगलबार, वैशाख ११, २०८१

कोभिड–१९ नियन्त्रण गर्न सबैको सहयोग जरुरी छ :प्रधानमन्त्री ओली

नेपालखोज २०७६ चैत २५ गते ११:४४

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

मंगलबार देशबासीलाई सम्बोधन ओलीले मानव जातिकै निम्त संकटपूर्ण यस घडीमा सबैले आशावादी र विश्वासको वातावरण सिर्जना गर्नु जरुरी भएको बताएका छन् । यस अवस्थामा सबैभन्दा बढी सामाजिक दूरी नै कायम गर्नुपर्ने भएकाले यसको विकल्प भनेको लकडाउन नै विकल्प भएको उनले बताएका छन् ।

आउँदा केही हप्ता देखिने सक्ने जटिल परिस्थितिलाई सामना गर्नुको कुनै विकल्प नभएकाले सरकारले अगाडि सारेका रणनीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सबैले सहयोग गर्न पनि ओलीले आग्रह गरका छन् ।

ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया