मन्त्री बस्नेतद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपालखोज
२०७६ चैत २५ गते १३:१०
जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । ती सामग्रीमा क्वारेन्टाइनमका लागि १२ श्यया, १०० थर्मलगन, १४० वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई), एकहजार ७०० वटा मास्क,डिटोल साबुन, ग्लोब, पञ्जा, सर्जिकल क्याप लगायतका रहेका छन् । मन्त्री बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत् जिल्ला स्वास्थ्य कार्यालयलाई ती सामग्री हस्तान्तरण गरे।
त्यस्तै निर्माण व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष रत्न खड्काले १०० थान विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय र गाउँपालिकालाई उपलव्ध गराउनुभएको छ । आजै ती सामग्री सबै स्थानीय तहमा पुग्ने अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया