शनिबार, वैशाख १५, २०८१

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

नेपालखोज २०७७ माघ ११ गते १६:५३

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । आज थप २ सय ७० जनामो संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख ६९ हजार चार सय ५० पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा चार सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार एक सय ३७ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ प्रतिशतभन्दा धेरै हो । अहिले नेपालमा तीन हजार तीन सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया