शुक्रबार, वैशाख १४, २०८१

लकडाउनको एक महिना प्रभु टिभी निःशुल्क हेर्न पाईने

नेपालखोज २०७६ चैत २५ गते १९:३३

काठमाडौं । कोरोना भाईरस संक्रमणका लागि सरकारले मुलुकभर लकडाउन गरेको अवस्थामा आम नागरिकलाई सूचना तथा सञ्चारको पहुँच बृद्धि गर्नका लागि प्रभुप्रभु टिभिले एक महिनाका लागि मोवाईलबाट नै निशुल्क टिभि हेर्न पाउने व्यवस्था सहितको सेवा उपलब्ध गराएको छ ।
लकडाउनका समयमा घर भित्र बस्नु पर्ने वाध्यतालाई मध्यनजर गरी प्रभु टिभीले दुरसञ्चार प्रदायक संस्था एनसेलसँगको सहकार्यमा सो सेवा उपलब्ध गराएको हो ।
मुलुकभरका एनसेल सिम मार्फत फोनको सेवा लिईरहेका आम नागरिकलाई १ सय ५० वटा च्यानल हेर्न सक्ने गरी प्रभु टिभीले मनोरञ्जनका लागि यो व्यवस्था गरेको हो ।
प्रभु टिभीले उपलब्ध गराएको सो निःशुल्क सेवा लिनका लागि एनसेल प्रयोगकर्ताहरुले प्रभु टिभिको वालेटमा गएर प्रभु टिभि डाउनलोर्ड गर्नु पर्ने छ । प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एकमहिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभिले जानकारी दिएको छ ।
यो सेवाका कारण आफूसँग भएको मोवाईलबाटै प्रभु टिभीको प्रयोग गरी आम नागरिकहरुले विश्वभरका ताजा सूचना तथा मनोरञ्जन हासिल गर्न सक्नु हुने छ ।

प्रतिक्रिया