शुक्रबार, चैत १६, २०८०

स्वर्णिमलाई एमालेबाट पनि उम्मेदवार बन्ने प्रस्ताव आएको थियो

नेपालखोज २०७९ चैत १८ गते ११:२२

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेकपा एमालेबाट पनि उम्मेदवार बन्नका लागि प्रस्ताव आएको उनैले खुलाएका छन् । एक मूलधारको सञ्चारमाध्यमसँग कुराकानी गर्दै स्वर्णिमले एमालेको उच्च तहबाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव आएको खुलाएका छन् ।

उनले भने, ‘एमालेको उच्च तहबाटै उम्मेदवार बन्न प्रस्ताव आएको थियो । विचार, आस्था विपरितको पार्टीबाट उम्मेदवार बन्न चाहिन ।’ लोकतान्त्रिक चरित्र र प्रणालीको हिसावले रास्वपा उपयुक्त लागेर प्रवेश गरेको उनले बताएका छन् ।

‘अब जेल बसेको भने एकै व्यक्तिले पटक पटक सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रणाली विरुद्ध उभिएको हुँ ।’उनले भने । ‘कांग्रेस भित्र वर्तमान नेतृत्वसँग असन्तुष्ट ठूलो जमात छ । कोही बाहिर बोल्छन्, कोही मौन छन् ।’

राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष बनिसकेका वाग्लेले गत मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसको घोषणा पत्र लेखन समितिमा बसेर काम गरेका थिए ।

तनहुँ १ मा रास्वपाबाट उम्मेदवार बन्न लागेका स्वर्णिमसहित पार्टी सभापति रवि लामिछाने र बारा २ मा उम्मेदवार बन्न लागेका पूर्व डिआईजी रमेश खरेलले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

प्रतिक्रिया