ओम्नी समूहसँग भएको सम्झौताबारे आफूलाई थाहा नभएको प्रधानमन्त्रीको भनाई
नेपालखोज
२०७६ चैत २५ गते २१:४५
काठमाडौं । मुलुक हाँक्ने प्रधानमन्त्रीलाई सचिवालय सदस्यहरुले कसरी छक्काईरहेका छन् भन्ने कुरा पुष्टि ओम्नी समूहसँगको सम्झौताले भ्रष्ट पारेको छ ।
कोरोना भाईरस संक्रमण रोक्नका लागि भन्दै औषधी आयात गर्न प्रधानमन्त्री सल्लाहमा ओम्नी ग्रुपसँग सम्झौता भएको कुरा झुठो भएको नेकपाको सचिवालय वैठकपछि खुलासा भएको छ ।
सो विषयमा सचिवालय वैठकमा बहस चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई कुनै पनि जानकारी नभएको बताएका थिए ।
नेकपाको वैठकमा प्रधानमन्त्रीले औषधी खरिद सम्झौता महानिर्देशक स्तरमा भएकाले आफूलाई त्यससँग सम्वन्धित कुनै पनि कुरा जानकारी नभएको बताएपछि सचिवालय सदस्यहरुमा माथि नै शंका उब्जेको हो ।
सम्बन्धित
प्रतिक्रिया