आइतबार, वैशाख १४, २०८२

कोरोना भाइरसको महामारीका कारण यसबर्षको विद्यार्थी भर्ना प्रभावित

नेपालखोज २०७६ चैत २६ गते ७:३१

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ ।

विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको थियो ।

यस पटक वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सरकारी योजना थियो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणका कारण यस वर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया