लकडाउनलाई पूर्ण रुपमा पालना गर्दै नयाँ बर्ष २०७७ मनाउन नेपाल सनातन धर्म सँस्कृति संगठनको आग्रह
काठमाण्डौ । नयाँ बर्ष २०७७ लाई गौरव र हर्ष उल्लासका साथ मनाउन नेपाल सनातन धर्म सँस्कृति संगठनले आग्रह गरेको छ ।
संगठनले विश्वभरि महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा पनि प्रभाव पारिरहेको अवस्थामा लकडाउनलाई पूर्ण रुपमा पालना गरी नयाँ बर्ष मनाउनको निम्ति ४ बुँदे अपिल समेत जारी गरेको छ ।
संगठनका प्रमुख पुष्पराज पुरुषद्वारा जारी विज्ञप्तिमा लकडाउनको आचारसंहितालाई पूर्ण रुपमा पालना गर्दै, आ–आफ्नो घरमा, नजिकका मठमन्दिर, धार्मिक शक्ति पिठ, लगायत आस्थाका केन्द्रहरूमा आ–आफ्नो परम्परा अनुसार लकडाउनको आचारसंहिता उल्लंघन नहुने गरी पुजा, पाठ, भजनकिर्तन र हवन आदि कर्महरू गर्न गराउन अनुरोेध गरिएको छ ।
यस्तै नयाँ वर्षको दिन आफ्नो संस्कार संस्कृति अनुसार सांस्कृतिक भेषभुषा लगाएर हर्ष उल्लासका साथ नयाँ वर्ष मनाउने तथा वैशाख १ गते साँझ सुर्यास्तमा शंख, घण्ट र डमरू बजाएर घर-घरमा दियो बालेर नयाँ वर्षलाई स्वागत गर्ने गराउन समेत संगठनले अनुरोध गरेको छ ।
प्रतिक्रिया